आइएमई जनरल इन्स्योरेन्सले ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा संचालनमा ल्याएको छ।
उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरे।
कम्पनीले आफ्ना शाखा तथा उपशाखा कार्यालयहरु मार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउंदै सबैलाई आफ्नो सम्पत्तीको बीमा गराउन श्रेष्ठले अनुरोध गरे।