प्रभु बैंकले काठमाण्डौको ज्ञानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याईएको छ।
बैंकको ज्ञानेश्वर शाखा कार्यालय बैंकका संचालक पुष्प बहादुर प्रधानले एक समारोहका बीच उद्घाटन गरे।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका शाखाहरु मध्ये प्रभु बैंकको दरवारमार्ग शाखा कार्यालयको कारोवारलाई कमलादी शाखामा गाभेर दरवारमार्ग शाखालाई ज्ञानेश्वरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका बैंकका अन्य शाखा कार्यालयहरु क्रमशः स्थानान्तरण गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।