नेपाल बंगलादेश (एनबी) बैंकको उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)मा सुरेन्द्रभुषण श्रेष्ठ नियुक्त भएका छन्।
त्यस्तै, बैंकको सहायक महाप्रवन्धक (एजिएम) मा सुरेश देवकोटा नियुक्त भएको बैंकले जनाएको छ।
बैंकका अनुसार सन् १९९६ मा एभरेष्ट बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) श्रेष्ठ सन् २०१० मा एनबी बैंकमा डिजिएमको रुपमा प्रवेश गरेका थिए।
उनले भारतको इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईसीआई) बाट सीए कोर्ष पूरा गरेका हुन।
त्यस्तै, एजिएम सुरेश देवकोटा पनि सीए हुन। इन्ष्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल –आइक्यान)बाट सीए कोर्ष पूरा गरेका उनी हाल सोही संस्थाको पार्षदसमेत छन्।
देवकोटाले सन् २००५ बाट आफ्नो बैंकिङ करियर सुरु गरेको बैंकले बताएको छ।