मंगलबार शेयर बजारको परिसुचक नेप्से १५.९९ अंकले घटेको छ।
यस दिन १७० कम्पनीको ७३ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यस दिन व्यापार २ अंकले बढे बाहेक सबै उपसुचकहरु घटेका छन्।
बैंकिङ १५, होटल ११, विकास बैंक २७, जलविद्युत १३, फाइनान्स ९, बीमा ७६, उत्पादन ९, अन्य ६ र माइक्रोफाइनान्स उपसुचक १० अंकले घटेका छन्।
कारोबारको आधारमा सेन्चुरी बैंक अग्र स्थानमा रह्यो। यसको २ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै नेपाल लाइफ इन्सुरेन्सको २ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।
यस दिन नेश्नल माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत कमाए। त्यस्तै एभरेष्ट इन्सुरेन्सका लगानीकर्ताले ५ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे।
सांग्रिला विकास बैंक, प्रोग्रेसीभ फाइनान्स र कन्काइ विकास बैंकका लगानीकर्ताले सबै भन्दा धेरै ५ प्रतिशत गुमाए।