एभरेष्ट बैंक र एलआईसी नेपालसंग बैंकास्योरेन्स संझौता भएको छ।
बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले सम्झौतामा हस्ताक्षर गरे।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले एलआईसीको जीवन बीमा योजनाहरु बैंकको सवै शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने बताए।