सेञ्चुरी कमर्सियल बैंकले चैत्र मसान्त सम्ममा ६३ करोड रुपैयाँ खुद मुनाफा गरेको छ।
बैंकको यो मुनाफा गत त्रैमासको तुलनामा १०३ प्रतिशतको बृद्धि हो। सेञ्चुरीले गत वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत भन्दा बढी खुद नाफा कमाएको जनाएको छ।
बैंकले चैत्र मसान्त सम्ममा ५२.७३ अर्व रुपैयाँ निक्षेप संकलन गरी ५० अर्व रुपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको बताएको छ।
यस अवधीमा बैंकले ९ वटा थप शाखाहरु समेत सञ्चालनमा ल्याएको छ। हाल बैंकले काठमाडौंमा ११ शाखा र ५ वटा एक्स्टेन्सन काउण्टर तथा उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १ सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बताएको छ।