सिटिजन्स बैंकले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप १५ लाख रुपैयाँ उपलब्ध गराएको छ।
बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ। बैंकले आफ्नो एघारौं बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको हो।
एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितीमा पन्ध्र लाख रुपैयाँको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत श्रीमती उमंग शर्माद्वारा हस्तान्तरण गरिएको बताइएको छ।
बैैंकले ६८ वटा शाखाहरु र ६८ वटा एटिएमबाट करिब तीन लाख ३५ हजार ग्राहकलाई गुणस्तरीय बैकिङ्ग सेवा पुर्याउँदै आईरहेको बताएको छ।
यस बैंकले आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमास सम्ममा ६० अर्व २५करोड रुपैयाँ निक्षेप संकलन गरि ५५ अर्व ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको तथा सोहि अवधि भित्र १ अर्व १७ करोड ७४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोे बताएको छ