आइएमई लाईफ इन्स्योरेन्स कम्पनी र सेन्चुरी बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतामा इन्सुरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरे।
सो सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले सेन्चुरी बैंकको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आइएमईको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताइएको छ।
आइएमई लाईफ इन्स्योरेन्सले ५० स्थानबाट विभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आएको बताएको छ।