ज्योति विकास वैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट मनोज ज्ञवाली नियुक्त भएका छन्। बुधबार बसेको सञ्चालक समिति बैठकले ज्ञवालीलाई आगामी ४ वर्षको लागि बैंकको सीईओमा नियुक्त गरेको हो।
ज्योती विकास बैंकमा कार्यवाहक सीईओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका ज्ञवालीलाई बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
नव नियुक्त सिईओ ज्ञवालीको करिब ५ वर्ष अधिकृतस्तरमा नेपाल राष्ट्र बैंक, ग्लोबल आईमी बैक, वाणिज्य बैंकमा समेत विभिन्न विभागको प्रमुखको रुपमा काम गरिसकेका छन्।
उनले मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव छ। त्यस्तै, उनको जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्षमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ। उनी वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट समेत हुन् ।