नेपाल बंगलादेश बैँकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ४५ लाख दिने निर्णय गरेको छ।
सोही निर्णयअनुसार आइतबार नेपाल सरकारको उक्त कोषमा बैंकले एक करोड १० लाख दिइसकेको छ।
बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद बीडारीलाई दिएका हुन्।
यससँगै बैंकले देशका सातै वटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा ५ लाख दिएको जानकारी गराएको छ।