एनआइसी एसिया बैंकले कर्जा लिएका ग्राहकले असार मसान्त सम्मको सावाँ/ब्याज असार मसान्तसम्म चुक्ता भुक्तान गरेमा उक्त कर्जाको ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना ल्याएको छ। अब उक्त योजना सकिन ८ दिन मात्रै बाँकी छ। यसकारण एनआइसी एसियाले ८ दिन भित्रमा सबै ऋणीहरुलाई फाइदा लिन आग्रह गरेको छ।
यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरू, चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जा भुक्तान गरेमा साउन १ पछि ९.९९ प्रतिशतमा कायम गरिने व्यवस्था गरिएको छ।
यस बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना पनि गरेको छ।
यस ‘कर्जा सहायता केन्द्र’ को स्थापनापछि बैंकका ग्राहकले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू राख्न पाएका छन्।
जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी लिन सक्छन्।
यस बैंकले ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।