नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई बचाउनका लागि विशेष कर्जा योजना घोषणा गरेको छ।
कोरोनाबाट प्रभावित उद्योग तथा व्यवसायका राष्ट्र बैंकले ऋण सम्बन्धि दुई विशेष नीति घोषणा गरेको छ।
अति प्रभावित उद्योग–व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र परियोजना/व्यवसायको सम्भाव्यताको आधारमा २०७६ चैतमा
कायम भएको चालु पुँजीको आधारमा २० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले थप ऋण दिनुपर्ने छ।
त्यस्तै बजेटमा व्यवस्था भए बमोजिम स्थापना हुने ५० अर्बको कोषबाट निश्चित मापदण्डको आधारमा कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम लगायतका व्यवसायको सञ्चालन एवंम् निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेहरुलाई उद्यमशिलता विकासको अवसर दिन बैंक तथा वित्तीय संस्थाहरुबाट ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने राष्ट्र बैंकले घोषणा गरेको छ।
यस सम्बन्धि कार्यविधि बनाएर कार्यान्वयन गर्ने राष्ट्र बैंकले बताएको छ।