तेस्रो मुलुकबाट ड्राफ्ट र टिटीको माध्यमबाट भुक्तानी गरी वस्तु आयात गर्दा पाउने अमेरिकी डलर सटही सुविधाको सीमा नेपाल राष्ट्र बैंकले बढाएको छ।
यसअघि एकपटकमा यसरी ३० हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाइन्थ्यो। चालु वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो सुविधा बढाएको हो।