नेपाल राष्ट्र बैंकले घर कर्जामा आंशिक खुकुलो बनाइदिएको छ।
आज आएको मौद्रिक नीति मार्फत् केन्द्रीय बैंकले सरकारबाट अनुमति पाएर निर्माण गरिरहेका आवास परियोजनामा कर्जा सुरक्षण अनुपात ६० प्रतिशत बनाएको छ। यस्तो अनुपात यसअघि ५० प्रतिशत थियो।
यसमा धितोको मूल्यांकन १ करोड भएमा ऋणीले ६० लाखसम्म ऋण पाउछन्। यसरी सुविधा पाउनका लागि सरकारबाट अनुमति लिएर घर जग्गाको कारोबार गर्ने व्यवसायीबाट घर किन्नुपर्छ।
तर व्यक्तीगतरुपमा पहिलोपटक आवासीय ऋण लिनेका लागि भने कर्जासुरक्षण अनुपात ६० प्रतिशत नै बनाइएको छ। यसअघि यस्तो अनुपात ७० प्रतिशत बनाइएको थियो।