सोमबार ११ बजे खुलेको सेयर बजार एक मिनेट नपुग्दै सर्किट लाग्यो। आइतबारको तुलनामा ४ प्रतिशतले बजार बढेपछि सर्किट लागेको थियो।
२० मिनेट स्थगित भएपछि कारोबार खुल्यो। फेरि पनि १ मिनेट नपुग्दै दोस्रो सर्किट लाग्यो। जतिबेला बजार ५ प्रतिशतले बढेको थियो।
४० मिनेटसम्म कारोबार स्थगित भयो। करिब १२ बजे बजार खुलेपछि भने बजार उथलपुथल हुन थाल्यो। अन्ततः ३ बजे कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा नेप्से १४ अंकले घट्यो।
सोमबारको कारोबारपछि परिसूचक १४ सय ६४ अंकमा कायम भएको छ। दिउँसो बजार १५ सय ५६ अंकसम्म पुगेको थियो।
यस दिन २ अर्ब ८० करोड रुपैयाँको कारोबार भएको छ। यस दिन बैंकिङ समूह ३, विकास बैंक १६ र फाइनान्स १ अंकले बढे। त्यस्तै व्यापार ३७, होटल ६६, जलविद्युत १२, निर्जीवन बीमा समूह ४१, उत्पादन १२७, अन्य २२, माइक्रोफाइनान्स ८७, जीवन बीमा समूह १८८ अंकले घटे।
युनाइटेड फाइनान्स, एनआइसी एसिया लघुवित्त, स्पर्श लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो। गुराँस लघुवित्त र मञ्जुश्री फाइनान्सको मूल्य भने १० प्रतिशतले घट्यो।
कारोबारका आधारमा एनएमबि बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो भने नेपाल पुनर्बीमा कम्पनीको १७ करोड रुपैयाँ बराबरको कारोबार भयो। एनआइसी एसिया, नेपाल लाइफ, नविल बैंक पनि कारोबारका आधारमा अगाडि रहे।