महालक्ष्मी विकास बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सागर शर्मालाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको छ।
रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा साउन २ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार उनलाई नियुक्त गरिएको हो।
बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम गरिएको थियो।
उक्त कार्यक्रममा संस्थाका नियुक्त कायममुकायम प्रमुख कार्यकारी अधिकृत शर्माले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरिय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिवद्धता जनाए।
त्यसैगरी उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि आफू साथसाथै सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे।