सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंकले बालविकास समाजलाई आर्थिक सहयोग गरेको छ।
करिव २८ वर्ष देखि बालअधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकास गर्ने उदेश्यका साथ स्थापित बालविकास समाजलाइ १ लाख ५० हजार आर्थिक सहयोग गरेको हो।
मङ्गबार बैंकको केन्द्रियकार्यालयमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त संस्थालाई चेक हस्तान्तरण गरेको हो। उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्र वृत्ति प्रदान गरिने संस्थाले बताएको छ।
बैंकले १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ।