हिमालयन बैंक लिमिटेडले माहाराजगंज शाखा मार्फत कान्ती बाल अस्पताललाई सहयोग प्रदान गरेको छ।
बैंकले अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली र्यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई प्रदान गरेको छ।
उक्त मेशिन मर्मत गर्न बैंकले १ लाख ४२ हजार ९ सय ४५ रुपैयाँ प्रदान गरेको हो।
बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई दिए।
बैंकका तथा अस्पतालका अन्य कर्मचारीहरु पनि सो कार्यक्रममा उपस्थिति रहेका थिए।