एभरेष्ट बैंकले ‘चाडपर्व विशेष कर्जा योजना ल्याएको छ।
यसअन्तर्गत ‘घर कर्जा’, स्वरोजगार तथा ‘साना तथा मझौला उद्योग कर्जा’ (एसएमई), ‘गाडी तथा मोटरसाइकल कर्जा’, तथा ‘व्यक्तिगत कर्जा’, योजना ल्याएको छ।
उक्त कर्जा योजना साउन १५ देखि कार्तिक १४ सम्म लागू हुने बताइएको छ।
यस कर्जा योजनामा घर कर्जा ८.२५प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ८.२५ प्रतिशत, गाडी कर्जा ९.५५ प्रतिशत, मोटरसाइकल कर्जा १०.५५प्रतिशत तथा व्यक्तिगत कर्जा ९.५५ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ।
सो कर्जा योजनामा प्रशासनिक शुल्क ०.५० प्रतिशत मात्र हुनेछ। साथै अन्य बैंक तथा वित्तीय संस्थाबाट ‘लोन स्वाप’ गर्दा सेवा शुल्कमा अतिरिक्त छुट हुने भएको छ।
उक्त योजनामा सहभागी हुने ग्राहकहरुलाई क्रेडिट कार्ड लिदा ५०.०० प्रतिशत छुट समेत दिइने बैंकको भनाइ छ।
यस कर्जा योजनाबाट ग्राहकहरुलाई फाइदा पुग्ने बैंकको विश्वास छ।
एभरेष्ट बैंकले ९५ शाखा संजाल, प्रादेशिक कार्यालय , १२४ एटिएम बुथ सहित मोबाइल र इन्टरनेट÷एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।