युनिलिभर नेपालको नाफा आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो वर्षको तुलनामा ३ गुणाले घटेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विरणअनुसार गएको वर्ष ३५ करोड ५४ लाख रुपैयाँमात्र नाफा भएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीले लकडाउन भएको त्राइमासमा मात्र ५ करोड २० लाख रुपैयाँ गुमाएको उल्लेख गरेको छ। अघिल्लो वर्षको अन्तिम त्राइमासमा मात्र १३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
लकडाउनका कारण बिक्री घटेको र सोही कारण नाफामा प्रभाव परेको कम्पनीले जानकारी दिएको छ। गएको वर्ष कम्पनीले कूल आम्दानी ५ अर्ब ६८ करोड गरेको छ। अघिल्लो वर्ष ६ अर्ब २७ करोड आम्दानी गरेको थियो।
कम्पनीको प्रतिशेयर आम्दानी ३८६ रुपैयाँमा सिमित भएको छ।