रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा आर्थिक वर्ष २०७६/७७ मा ९.५ प्रतिशतले बढेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विरणअनुसार २१ करोड ४३ लाख नाफा आर्जन गरेको छ।
अघिल्लो वर्ष कम्पनीले १९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीले गएको वर्ष बीमा शुल्कबाट १ अर्ब ५७ करोड संलकन गरेको छ। अघिल्लो वर्ष यस्तो संकलन १ अर्ब ३३ करोड थियो। कम्पनीले गएको वर्ष ३० करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ६४ करोड रुपैयाँ रहेको छ। १ अर्ब १७ करोडको जीवन बीमा कोष रहेको छ।
कम्पनीको प्रतशेयर आम्दानी १५.३१ रुपैयाँ रहेको छ भने प्रतिशेयर कूल सम्पत्ति ३०२ रुपैयाँ रहेको छ।