नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट शेयरधनीहरुका लागि लाभांस घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिले आगामी साधारणसभाबाट पारित भएपछि लागू हुनेगरी चुक्ता पुँजीको १५ प्रतिशतका दरले नगद लाभांस दिने घोषणा गरेको छ। चुक्ता पूँजी ३ अर्ब ८ करोड भएको कम्पनीले ४६ करोड २३ लाख ९३ हजार ९८३ रुपैयाँ लाभांस वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै कम्पनीले ७ करोड ७० लाख ६५ हजार ६६४ रुपैयाँ बराबर(२.५ प्रतिशत) शेयर लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ। यो पछि कूल लाभांस १७.५ प्रतिशत हुने छ।