ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले बज्राचार्यलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।
चार दशक भन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहेका बज्राचार्यले यसअघि एक कार्यकाल ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा सेवा गरिसकेका छन्।
नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका बज्राचार्यको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा मर्जरपछिको व्यवस्थापनमा राम्रो अनुभव रहेको छ।
वरिष्ठ चार्टर्ड एकाउण्टेण्ट बज्राचार्यले यसअघि एनसीसी बैंक र सनराइज बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा नेतृत्व गरिसकेका छन्।
उनले सोमबारदेखि ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा पदबहाल गर्ने बैंकले जानकारी दियो।