प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण नभएको वित्तीय विवरण प्रकाशित गरेको छ।
कम्पनीले प्रकाशित गरेको विवरणअनुसार गएको वर्ष ३५ करोड नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशत बढी हो।
यद्यपी कम्पनीको ब्यापार भने बढेको छैन। अघिल्लो वर्षको तुलनामा न्यून प्रिमियम संकलन गरेको छ। कम्पनीले गएको वर्ष ६९ करोडमात्र खुद प्रिमियत संकलन गरेको हो।
कम्पनीले गएको वर्ष ४२ करोढडड दाबी भुक्तानी गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३२.९३ रुपैयाँ रहेको छ।