एनआइसी एशिया बैंकले कुशे औंशीको अवसरमा बुबालाई उपहार किन्दा ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ।
बैंकले कुशे औंशीको दिन आफ्ना बाबुलाई मनपर्ने परिकार, कपडा वा सामग्री उपहार किन्दा उक्त छुट दिने भएको हो। सामग्रीहरू किन्दा देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरेर ३० प्रतिशतसम्म छुट योजना ल्याएको छ।
यस बैंकको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट पाउन सक्छन्।
ग्राहकले बैंकसँग सो अवधिमा आवद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक समाग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीमा छुट दिइनेछ।
यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा रहेको छ।