ऋण लिनुअघि तपाईले सबैभन्दा पहिले अवश्य ब्याजदर बुझ्नुहुन्छ। यदी बैंकबाट ऋण लिने हो भने आधार दर र प्रिमियमको दर बुझ्न जरुरी छ।
बैंकको आधार दरबाटै तपाईंले तिर्ने ऋणको ब्याजदर तय हुन्छ। दुई बैंकमध्ये जुन बैंकको आधार दर कम छ, सामान्यतः सोही बैंकको ब्याजदर सस्तो हुन्छ। यद्यपी यस्तो आधार दरमा जोडिने प्रिमियम दरलाई पनि बिर्सनु हुँदैन।
बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर जोडेर ऋणीको लागि ब्याजदर तोक्ने गरेको पाइन्छ। त्यसकारण ऋण लिनेले बैंकको आधार दर र सोमा जोडिने प्रिमियम दरको बारेमा राम्ररी जानकारी लिएर मात्रै बैंकसँग ऋणको सम्झौता गर्नुपर्दछ।
पहिले व्याजदरबारे जानकारी नलिने पछि अर्को बैंकमा ब्याज सस्तो ठानेर ऋण सार्ने प्रचलन पनि पाइन्छ। यसरी ऋण सार्दा सेवा शुल्कका साथै अन्य झन्झट पनि ब्यहोर्नुपर्ने भएकाले बेलैमा जानकारी लिनु बुद्धिमानी हुन्छ।
मानौं, ए बैंकको आधार दर ८ प्रतिशत छ र बीको ९ प्रतिशत भएको अवस्थामा दुवैले समान १ प्रतिशत प्रिमियम थप गरी ऋण दिने भएमा ए को ब्याज सस्तो ९ प्रतिशत मात्रै हुन्छ भने बीको १० प्रतिशत हुन्छ।
तर एले प्रिमियम दर ३ प्रतिशत र बीले १ प्रतिशत मात्रै तोकेको अवस्थामा भने बीकै ब्याजदर सस्तो हुन जान्छ। त्यसैले आधार दर र प्रिमियम दुवै हेर्नु जरुरी रहेको बैंकर बताउँछन्।
नविल बैंककी रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले भनिन् ‘ग्राहकसँग हामीले लिने ब्याजदर आधार दरमा भर पर्छ, अहिले पर्याप्त तरलता भएकाले आधार दर घट्दै गएको हो, जति आधार दर घट्दै जान्छ, ऋणीलाई व्याजदरमा त्यति नै लाभ हुन्छ।’
बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार यस्तो आधार दर घट्दै गएको देखिन्छ।
गत असार मसान्तसम्म २७ बैंकहरुको औसत आधार दर ८. ५० प्रतिशत छ। यस्तो दर अघिल्लो वर्षको असारमा ९.५७ प्रतिशत थियो। एक वर्षकै अवधिमा औसत आधार दर १ प्रतिशत बढीले घटेको छ। सबैजसो बैंकहरुको आधार दर एकल अंकमा झरिसकेको छ।
यसको अर्थ ऋण लिनेका लागि व्याजदर घट्दै गएको छ। आधार दर घट्दो क्रममै रहेकाले केही बैंकले घरजग्गा, साना तथा मझौला उद्यम र सवारीसाधनका लागि दिने ऋणको ब्याजदर १ वर्षसम्म नबढ्ने निश्चित गरेर सस्तो व्याजको अफर ल्याएका छन्।
यसरी ल्याउने अफरको ब्याज दर पनि आधार दरभन्दा कम भने हुँदैन।
१ वर्षपछि पनि आधार दर नबढेमा ऋणको ब्याजदर नबढ्ने बैंकर बताउँछन्।
त्यस्तै ऋण लिनेका लागि बैंकको प्रशासनिक अर्थात सेवा शुल्क पनि महत्वपूर्ण रहन्छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई छुट्टाछ्ुट्टै यस्तो शुल्क तोकिदिएको छ, सो शुल्कभन्दा बढी दिनु पर्दैन।
यदी वाणिज्य बैंकबाट तपाईं ऋण लिँदै हुनुहुन्छ भने ऋण रकमको ०. ७५ प्रतिशतभन्दा बढी कुनै प्रशासनिक शुल्क तिर्नु पर्दैन। यसको अर्थ १ करोड ऋण लिनेबाट बैंकले बढीमा ७५ हजारसम्म शुल्क लिन सक्छन्। यद्यपी बैंकले अझ कममा पनि सेवा दिन सक्नेछन्।
हेर्नुस् कुन बैंकको आधार दर कति छ?
बैंक
|
आधार दर, असार ०७७
|
आधार दर असार ०७६
|
राष्ट्रिय वाणिज्य
|
5.80%
|
5.50%
|
नेपाल
|
6.99%
|
7.98%
|
स्टान्डर्ड चार्टड
|
7.00%
|
7.63%
|
नविल
|
7.32%
|
8.09%
|
इन्भेष्टमेन्ट
|
7.51%
|
8.33%
|
एनआइसी एसिया
|
7.70%
|
9.48%
|
एभरेष्ट
|
8.05%
|
8.12%
|
मेगा
|
8.32%
|
9.98%
|
प्रभु
|
8.32%
|
9.36%
|
हिमालयन
|
8.38%
|
9.05%
|
ग्लोबल आइएमई
|
8.42%
|
9.54%
|
नेपाल बंगलादेश
|
8.62%
|
10.20%
|
सानिमा
|
8.62%
|
9.45%
|
प्राइम
|
8.62%
|
10.03%
|
बैंक अफ काठमाण्डु
|
8.71%
|
9.98%
|
सनराइज
|
8.95%
|
10.32%
|
एनएमबि
|
8.95%
|
9.86%
|
एनसिसी
|
9.03%
|
10.23%
|
सिद्धार्थ
|
9.03%
|
10.57%
|
सिटिजन्स
|
9.04%
|
10.52%
|
माछापुच्छ्रे
|
9.21%
|
10.37%
|
लक्ष्मी
|
9.23%
|
10.26%
|
एसबिआई
|
9.25%
|
9.73%
|
कृषि विकास
|
9.26%
|
10.58%
|
सेन्चुरी
|
9.38%
|
11.29%
|
सिभिल
|
9.84%
|
11.11%
|
कुमारी
|
10.08%
|
10.82%
|