‘प्रभु क्यापिटल'ले ३ वर्षे निःशुल्क डिम्याट खाता योजनाको समय भदौ मसान्तसम्म थप गरेको छ।
साउन महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याटखाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निशुल्क योजना भदौ मसान्तसम्म थप गरिएकाे हाे।
नेपाल सरकार र नेपालधितोपत्र बोर्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भएअनुसार यस क्यापिटलले अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ।
साथैं यस योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपालभरी रहेका २१० वटै शाखाबाट छिटो/छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ।