एनआइसी एशया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड ७ लाख ५९ हजार रुपैयाँ सहयोग गरेको छ।
यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व अन्र्तत नेपाल सरकारद्वारा स्थापित उक्त कोषको बैंक खातामा सो रकम जम्मा गरेको हो।
यसअघि बैंकले सातै प्रदेश सरकारलाई १५/१५ लाख रुपैयाँ गरी कुल १ करोड ५ लाख रकम प्रदान गरिसकेको छ।
उक्त सहयोग रकममा बैंकको तर्फबाट १० लाख र कर्मचारीको तर्फबाट ५ लाख गरेर १५ लाखका दरले प्रत्येक प्रदेश सरकारलाई सहयोग गरेको थियो।
साथै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लकडाउनका बेला देशका विभिन्न क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्नेहरूलाई करिब ४८ लाख बराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरू समेत वितरण गरिसकेको छ।
यस बैंकले ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गदैं आएको छ।