नेको इन्स्योरेन्स कम्पनीले गएको वर्ष बीमा शुल्क संकलन बढाएको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार १ अर्ब २७ करोड बीमा शुल्क संकलन गरेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड रहेको छ भने जगेडा कोषमा ५२ करोड ४४ लाख रुपैयाँ छ। ८३ करोडको बीमा कोष रहेको कम्पनीको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ रहेको छ।