लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आइपिओ आजदेखि खुलेको छ।
कम्पनीले सय रुपैयाँ अंकति ३५ लाख ५० हजार कित्ता साधारण सेयर खुला गरेको हो।
न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ।
आवेदन दिनका लागि आश्वा सदस्य सबै बैंक तथा तोकिएका शाखाहरुमा सम्पर्क गर्नुपर्ने छ।
आवेदन दिने अन्तिम मिति छिटोमा भदौ ७ र ढिलोमा १७ गतेसम्म हुने छ।
साधारण शेयरको धितोपत्र निस्काशन तथा बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।
२५ मे.बा क्षमताको माथिल्लो दोर्दी " ए" जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले २४.६ मेगावाट क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङमै १६ मेगावाटको लोदो खोला साना जलविद्युत आयोजनाको सर्भेक्षण अनुमति पाइसकेको छ।