पछिल्लो समय थपिएका नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा पहिला रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सधारण शेयर निष्कशन गर्न लागेको छ। भोलि भदौ ४ गतेदेखि कम्पनीको आइपिओ खुल्दै छ। सञ्चालनमा आएको पौने तीन वर्षको अवधिमा कम्पनीको प्रदर्शन कस्तो रह्यो? आगामी दिनमा यसले कसरी काम गर्छ। लगानीकर्तालाई दिने प्रतिफलका बारेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुलीसँग लिइएको अन्तर्वार्ताको सम्पादित अंश:
तपाई आफै पहिलोपटक बीम कम्पनीको व्यवस्थापकीय नेतृत्वमा आउनुभयो त्यो पनि नयाँ कम्पनीको। कस्तो रह्यो अहिलेसम्मको अनुभव?
जुनसुकै क्षेत्रमा काम गर्ने भनेको सिक्दै गर्दै जाने हो। अझ नयाँ क्षेत्रमा जाँदा त सिक्ने क्षमता पनि बढाउनु पर्छ। संस्था पनि बामे सरिरहेको अवस्थामा आफू आउँदा पक्कै पनि चुनौतिपूर्ण हुन्छ।
तर हरेका क्षेत्रमा काम गर्ने आधार भनेको एउटै हो। बुझ्नका लागि केही समय लागेपनि काम गर्न सकिन्छ। हामी पनि सुरुवाति दिनमा आक्रमक भएर बजारमा गएनौ। अनुभवी प्रबर्द्धक भएका कारण पनि यस्तो भयो भन्ने मलाई लाग्छ।
मेरो त प्रत्येक दिन सिकाइ नै हो। यो बीचमा मेरा दिन यसैगरी गए। केही बुझिरहेको पनि थिए र अरुभन्दा फरक कसरी बनाउने, कुन कुन मानक निर्माण गर्ने, बजारमा ग्याप केके छन् भन्ने पहिचान गर्नतिर लागे। त्यस्तो ग्याममा हामीले के गर्न सकिन्छ भनेर हामीले खोजी गर्यौ।
यसरी बलियो हुने प्रयासमा हामीले पहिलो दिन देखि नै काम गरिरहेका छौ। हाम्रो टिममा पनि भाग्यवस सिनियर म्यानेजमेन्टमा हुने साथीहरु बैंकिङ सेक्टरकै हुनुहुन्छ।
लगभग ३१ महिनाको अपरेसनमा ब्राण्ड, बिजनेस र सर्भिसका हिसाबले केही न केही फरक गर्न प्रयास गरिरेका छौ।
पहिले पनि विभिन्न युनिक प्रोडक्टहरु थिए। त्यसैलाई प्राइस र प्रिमियम पनि प्रतिश्पर्धी हुनुपर्थ्यो। मार्केटको व्यावसायिक प्रडक्ट पनि चाहियो। यसमा पनि प्रतिश्पर्धी हुनुपर्यो।यसमा केन्द्रित भएर प्रडक्टहरु ल्याउँदा कम्पिटिटर म्यापिङ, प्रोडक्ट म्यापिङ, प्राइसिङको म्यापिङहरु गरेर प्रोडक्टलाई भिन्नता सुरुदेखिनै दिन खोज्यौ।
अर्को पार्ट भनेको हामी सर्भिस सेक्टरमा छौ। हाम्रो युनिकनेस के मा भन्दा सबैले गरेको काम के को लागि भन्दा ग्राहकको लागि। ग्राहक हुनुहुन्छ भने हामी छौ। ग्राहकहको आवस्यकता अनुसार काम नगरी हुँदैहुदैन। त्यो पार्टमा केले फरक गर्ने भन्दा त्यसलाई हामीले आफ्नै सोर्समा फरक आउनु पर्यो। त्यसैले हामी सधै भन्छौ, प्रोफेसनल सेलिङ गरौ, मिस् सेलिङ नगरौ। हाम्रो उदेश्य इन्सोरेन्स बेच्ने मात्र होइन। इन्सोरेन्स प्रोडक्ट पनि कम्प्लेक्स प्रोडक्ट हो। हाम्रा स्टाफ र हाम्रा एजेन्सी जसलाई हामी रिलायन्स साथी भन्छौ उहाँहरुलाई यो कुरा बुझाएका छौ। क्लाइन्टसगँ लामो समयसम्म सम्बन्ध राख्न २/४ ओटा विजनेस छोड्न पर्छ भने छोडौ तर मिससेलिङ नगरौ।
यो क्षेत्रमा तपाइले स्पेस काहाँनेर भेट्नुभयो ?
सबैभन्दा पहिलो त मार्केट अवसर हो। किन भने संस्थाको जन्म नै बिजनेस गर्नको लागि हो। त्यो पार्टमा प्रडक्ट, सर्भिस सबै कुरा भनेको सहयोगी युनिट हो। ३ वर्ष अगाडि हामी ७ प्रतिशतमा थियौ भने अहिले २१/२२ मा छौ।
दोस्रो कुरा भनेको ह्युमन रिसोर्सेस नै हो। सबै अब्जेभ्टिभलाई मिट गर्ने भनेको आफू लगायत आफ्नो टिम नै हो।
तेस्रो पार्ट हाम्रो एजेन्सी फोर्स हो। जसले आजको दिनमा हाम्रो करिव ९८ प्रतिशत विजनेस धानेको हुन्छ। उहाँहरु अर्पुच्युनिटी पनि हो र उहाँहरुलाई हामीले कसरी प्रयोग गर्न सक्छौ भन्ने कुरामा भर पर्ने हो।
प्रविधको प्रयोग हेर्ने हो भने आजको दिनमा विकाशको क्रम जारी छ। यसको प्रयोग विस्तार गर्नसक्यौ भने त्यहाँ धेरै फाइदा छ।
यो अवधिमा कम्पनीको फिगर कस्तो छ?
ग्रस प्रिमियम हेर्यौं। हामी पहिलो वर्षमा हामी ८ महिना अपरेसनमा थियौं। ८ महिनाको अपरेशनमा हामीले करिब साढे आठ करोडको मात्रै व्यापार गर्यौं। दोस्रो वर्ष हामीले ७५/७६ करोडको व्यापार गर्यौं। गत आर्थिक वर्ष हामीले १ अर्व ४२ करोडको ब्यापार गर्यौं। त्यो ग्रोथ निकै राम्रो हो। नाफाको कुरा गर्दा दोस्रो वर्ष भौतिक पुर्वाधार बनाउन पर्ने भएकोले २ करोड २६ लाख मात्र भयो। तेस्रो वर्ष करिव ४ करोड ३४ लाख गरेका छौ।
लाइफ फन्डको केसमा हेर्यौं भने पहिलो वर्षमा ४ करोड भयो। दोस्रो वर्ष करिब ४० करोड र अहिले हामी अर्व भन्दा माथी गइसक्यौ। त्यो हेर्दा हामीलाई रफ्तार लिन चाही केही समय लाग्यो। अहिले हामीले माइक्रो इन्स्योरेन्समा फोकस गरिरहेका छौ । त्यो पनि ट्रम प्लान नै हो। हामीले आइपिओ पनि निस्काषन गर्दै छौ। विस्तारै हामी नाफा केन्द्रित भएर प्रोफेसनल विजनेस गर्ने तिर लागिरहेका छौ।
लगानी कसरी गरिरहनु भएको छ ?
लगानी त विमा समितीको प्यारामिटरअनुसार नै छ। बीमा समितिको प्यारामिटर भन्दा बाहिर जान मिलेन।
हालसम्म कती पोलिसी जारी गर्नुभयो ?
हालसम्म करिव ४३ हजार पोलिसि जारी गरिसकेका छौ।ग्रुप पोलिसीहरुलाई हामीले नम्बरको हिसाबले म्याक्सिमाइज गरेका छैनौ,त्यसैले त्यो पार्ट आएको छैन। त्यो एउटै पोलिसीको हिसावले काउन्ट हुन्छ। कोर पोलिसी नै झण्डै ४४ हजार छ।
नयाँ आएका जीवन बीमा कम्पनीमध्ये पहिलो कम्पनीका रुपमा आइपिओमा जाँदै हुनुहुन्छ। यसका बारेमा लगानी गर्न इच्छुकलाई के सन्देश दिन चाहनुहुन्छ?
विस्तृत जानकारी त हामीले विवरणपत्रमा दिइसकेका छौ। त्यो हाम्रो वेब साइटमा पनि छ। हाम्रो कम्पनीको भदौ ४ गतेदेखि आइपिकओ ओपन हुँदै छ। हामी १० ओटा इन्स्योरेन्स कम्पनी मध्ये पब्लिकमा जाने पहिलो कम्पनी हौं। त्यो अवसरको हिसावले पनि संस्थाको आर्थिक स्थिती हेरेर फाइन्यान्सियल डिसिजन लिन सक्नुहुन्छ।
बीमा कम्पनी भनेका वित्तीय योजना बिक्री गर्ने कम्पनी पनि हुन्। यस्तोमा बीमा कम्पनीकै आइपिओ आउँदै छ। रिलायन्स लगानीका लागि आकर्षक माध्यम हो भनेर कसरी विश्वास्त पार्नुहुन्छ?
सबैभन्दा पहिले हेर्नुपर्ने भनेको संस्थाको भिजन नै हो। संस्थाले पोजिसनिङ गरिरहेको छ। दीर्घकालिन टर्मको हिसाबले संस्था सही बाटोटिर गइरहेको छ की छैन। इतिहास त हाम्रो साढे २ वर्ष मात्र होला तर सही बाटोमा गइरहेको छ की छैन त्यो पब्लिकले हेर्नुपर्छ। संस्थाको सुशासन कस्तो छ। पब्लिक लिमिटेड भयो भन्दैमा किन लगानी गर्ने त भन्दा ट्रान्परेन्सी, एकाउन्ट्विलिटी, गभर्नेन्स अरु संस्थाहरु भन्दा राम्रो हुन्छ भन्ने कु्रा हो।
पब्लिक लिमीटेड कम्पनी भएपछि संस्थाले प्रोफेसनल्ली काम गरेको छ कि छैन, सही ठाउँतिर बृद्धि भएको छ कि छैन? अवसरलाई समात्न सकेको छ की छैन, समयमा कर्पोरेट इभेन्ट हुन्छ की हुँदैन यी प्यारामिटरहरुलाई आधार बनाएर अघि बढीरहेको छ कि छैन भनेर हेर्नुपर्छ।
उपयुक्त लगानीका लागि हेर्नुपर्ने यी सब कुरमा हामीले जे हुनुपर्ने/गर्नुपर्ने हो त्यही गरिरहेका छौ। लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्नुभए हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु म।
मूल्य अभिबृद्धि तथा प्रतिफलका हिसाबले बीमा क्षेत्र कस्तो हो?
बीमा क्षेत्रमै पुराना संस्थाहरु लामो समयदेखि हुनुहुन्छ। आम्दानी र प्रतिफलको हिसाब हेर्ने हो भने अत्याधिक धेरै छैन। यो छुट्टै प्रकारको उद्योग हो। यसमा आज लगानी गरेर भोली नै नाफा कमाउने भन्ने हुँदैन। दायित्वहरु दीर्घकालिन हुन्छ। समय वित्दै जाँदा नाफा पनि बढ्दै जान्छ। लगानीकर्ताले अर्को सर्टटर्म र मिड टर्ममा हेर्ने भने कम्पनी लिस्टिङ भइसके पछि शेयर प्राइस के हुन्छ, छोटो समयमा केही नाफा कमाउन सकिन्छ की सकिँदैन भन्ने होला। त्यो चाही कम्पनीको वित्तीय प्यारामिटर, ब्राण्डिङ, डिमाण्ड र सप्लाई आदिले निर्धारण गर्छ।यी सबै कुरा हेर्दा बीमा क्षेत्र भनेको दिगो प्रतिफल तथा भ्यालु एडिसन दिने हो। यसमा लगानी गर्दा त्यही सोचेर गर्नुपर्छ।
शेयरमा लगानी गर्नेहरुले भ्यालु एडिसन, तत्काल प्रतिफल वा अन्य के कस्ता कुरामा जोड दिनुपर्छ?
कमाएको धन व्यवस्थापन गर्नका लागि केही न केही क्षेत्रमा लगानी गर्नैपर्छ। यसरी लगानी गर्दा प्रतिफल त पक्कै पनि आउछ। फरक कतिमात्र हो भने कतिमा तत्काल आउला कतिमा मध्यमकाल लाग्ला कतिमा दीर्घकालिन रुपमा आउला।
पुँजी बृद्धि,प्रतिफल जस्ता कुराका लागि शेयर लगानी मुख्य माध्यम हुनपुग्छ। त्यस्तै सुरक्षणका लागि बीमा गर्नुपर्यो। यी सब धन व्यवस्थापनका कुरा हुन्।
यसरी लगानी गर्दा हामीले सबै क्षेत्रलाई समावेस गर्नुपर्छ। पोर्टफोलियो मिक्स भयो भने राम्रो हुन्छ। यसबाट सन्तुलित, दिगो र निरन्तर प्रतिफलको ग्यारेन्टी हुन्छ।
सामान्य मान्छेलाई बीमाको बारेमा कसरी बुझाउनु हुन्छ ?
पहिलो कुरा भनेको बीमा केको लागि लिने भन्ने हो। बीमा भनेको नै सुरक्षणको लागि हो। के को सुरक्षण त भन्दा जो घरको मुली हुन्छ उसले कमाई गरिरहेको हुन्छ भने उसको आम्दानीको श्रोतको सुरक्षण। बीमाले फाइन्यान्सियल स्ट्याविलिटीको सुरक्षा गरिरहेको हुन्छ।
सुरक्षणको साइज के त भन्दा सुरक्षण लिंदा बालबच्चा साना छन् की ठुला छन् की, कुन कुन बेलामा मलाई आर्थिक अभाव हुनसक्छ भनेर निर्क्यौल गर्नुपर्छ।
सही प्रोडक्ट, सही साइजको लिनुपर्यो, सही समयको लिनुपर्यो यसो भयो भने त्यो बेलामा जे को लागि लिनुभएको थियो त्यो पुरा होस। प्रडक्टलाई प्लानसँग टाइअप गर्नु सक्नुपर्यो। हाम्रा रिलायन्स साथीहरुले पनि सही व्यक्तीलाई सही प्रडक्ट दिनसक्ने ठाउँमा हुनुपर्छ। त्यसकारण हाम्रो स्लोगन नै खुलेर जिऔ भन्ने हो।
सामान्य मान्छेले फाइन्यान्सियल प्लानिङ कसरी गर्ने?
पहिले अफ्नो आम्दानीको स्रोत हेनुपर्यो। त्यसपछि आउने खर्चयोग्य रकम हेरेर पहिले आफ्नो सुरक्षा हेर्ने कि, धन बृद्धि हेर्ने कि निर्धारण गर्नुपर्छ। बिस्तारै आफ्नो पोर्टफोलियोलाई थप्दै लैजानु पर्छ। धेरै जोखिम लिने मान्छे छ भने उसको एक्सपोजर क्यापिटल मार्केटमा धेरै होला, एक दमै लो रिक्स लिने मान्छे छ भने फिक्स डिपोजिटमै लगेर राखौ मात्रै भन्ला। हरेकको लागि रिक्स भनेको एउटै हो ।
भोलीको दिनमा भवितब्य भनेको त सबैलाई पर्न सक्छ। यो पार्ट चाही सबैलाई होल्ड गर्छ। अरु पार्ट भनेको आफ्नो रिक्सअनुसार कुन क्षेत्रमा कत्रो लगानी गर्ने, आफ्नो क्षमता कती हो भन्ने कुरा आफुले बुझ्न जरुरी छ। ताकी कुनैपनि लगानी गरिसकेपछि निरन्तरता पनि होस, वेल्थ म्याक्सीमाइजेसन होस, दैनिक जीवन पनि आरामदायीपूर्वक चलोस। पहिले हेर्नुपर्ने कुरा यही नै हो। यी सवै कुरा राखेर सही कभरेज लिएर गयौ भने केही भइहाल्यो भनेपनि सबै कुराको र परिवारको प्रोटेक्सन पनि इन्स्योरेन्सले गर्छ।