सर्लाहीमा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्तको आइपिओ आजदेखि खुल्ने भएको
संस्थाले १ सय अंकित ८० हजार ७० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्ने भएको हो। कूल ८६ हजार कित्ता साधारण शेयर वर्गीकरण गरिएकोमा १ हजार कित्ता कर्मचारी तथा ४३०० सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक भएको यसका लागि आवेदन दिने अन्तिम मिति भदौ १८ गतेसम्म हुने छ।
१ करोड १४ लाख चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी गएको वर्ष २१ रुपैयाँ रहेको छ।