नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्सको सञ्चालन इजाजतपत्र खारेज गरिदिएको छ।
२०५८ सालमा दिइएको यस्तो इजाजतपत्र खारेज गरिएको केन्द्रिय बैंकले एक सूचना जारी गर्दै जानकारी दिएको छ।
यो फाइनान्सलाई राष्ट्र बैंकले २०६९ सालमै समष्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि पनि कम्पनीको अवस्था सुदृढ हुननसकेपछि २०७१ बाट खारेजीको प्रक्रिया सुरु भएको थियो।
सञ्चालक तथा व्यवस्थापनको मिलेमतोमा वित्तीय घोटाला भएको,कर्जा दुरुपयोग भएकाले कम्पनी समस्याग्रस्त भएको थियो। क्रिष्टल घोटाला भएको थियो।
कम्पनीको ऋण दुरुपयोग भएको थियो। यसरी ऋण लिएर भाग्नेहरुलाई नेपाल प्रहरीले अघिल्लो वर्षसम्म पनि पक्राउ गरी मुद्दा चलाइरहेको थियो।