समाज लघुवित्तको आइपिओ खुलेको पहिलो दिनमै १५ गुणा धेरै आवेदन परेको छ। शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार पहिलोदिन नै ५३ हजार १ सय आवेदकले १३ लाख ३३ हजार ३ सय कित्ताका लागि आवेदन दिएका छन्।
सर्लाहीमा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्तको आइपिओ भदौ ४ देखि खुलेको थियो।
संस्थाले १ सय अंकित ८० हजार ७० कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको छ। कूल ८६ हजार कित्ता साधारण शेयर वर्गीकरण गरिएकोमा १ हजार कित्ता कर्मचारी तथा ४३०० सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
१ करोड १४ लाख चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी गएको वर्ष २१ रुपैयाँ रहेको छ।