जीवन बीमा कम्पनी रिलायन्स लाइफले आइपिओमा दोस्रो दिन मागको तुलनामा दोब्बर आवेदन परेको छ।
शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार दोस्रो दिन १ करोड २६ लाख ७० हजार ९६० कित्ताका लागि आवेदन परेको छ।
कम्पनीले सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ताका लागि आवेदन खुलाएको थियो।
एक सय अंकित कूल २ करोड १० लाख कित्ता शेयरमध्ये कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ लाख कित्ता शेयर साधारण शेयरका रुपमा वर्गीकरण गरेको छ। यसमा सर्वसाधारणका लागि ५६ लाख कित्ता सर्वसाधारणका लागि खुलाइएको थियो। बाँकी ३ लाख १५ हजार सामुहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता नै कर्मचारीका लागि छुट्याएको छ।
छिटोमा भदौ ८ र ढिलामा भदौ २२ गते बन्द हुने छ। मेरो शेयरबाट यसका लागि आवेदन दिन सकिने छ।
आइपिओका लागि आवेदन दिनेहरुले न्यूनतम १० र अधिकतम ६३ हजार कित्तासम्मका लागि अंकित गर्नुपर्ने छ।
चुक्ता पुँजी १ अर्ब ४७ करोड भएको कम्पनीले आइपिओमार्फत् ६३ करोड उठाएपछि २ अर्ब १० करोड हुने छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ४५ पैसा छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ। कम्पनीले सञ्चालनमा आएको पहिलो वर्ष ७ करोड मुनाफा आर्जन गरेको थियो।
कम्पनीले आगामी तीन वर्षमा क्रमश: २५ करोड ४३ करोड र ७१ करोड नाफा कमाउने लक्ष्य लिएको छ।
आइपिओका लागि फारम लिने तथा बुझाउनका लागि सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ।
कम्पनीले आइपिओका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ।