भदौ ३ देखि खुलेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आइपिओका आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले सय रुपैयाँ अंकति ३५ लाख ६४ हजार कित्ता साधारण सेयर खुला गरिएको थियो। यसमा शुक्रबारसम्म नै ३५ लाख ७० कित्ता सेयर आवेदन परेको छ।
न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ।
साधारण शेयरको धितोपत्र निस्काशन तथा बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।
२५ मे.बा क्षमताको माथिल्लो दोर्दी " ए" जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले २४.६ मेगावाट क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङमै १६ मेगावाटको लोदो खोला साना जलविद्युत आयोजनाको सर्भेक्षण अनुमति पाइसकेको छ।
त्यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ भर्ने अन्तिम दिन भोलि रहेको छ। कम्पनीले जारी गरेको साधारण शेयरमा शुक्रबारसम्म अधिक आवेदन परिसकेको छ।