एनआइसी एसिया बैंकले कोभिड १९ को संक्रमण बढेपछि देशका विभिन्न भागमा लागू भएको निषेधाज्ञामा सेवा जारी राख्नका लागि डिजिटल ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ।
ग्राहकमा पर्नसक्ने असुविधालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ।
यो बीचमा सिमित शाखाबाट आईतवार देखि बिहिवार बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सेवा दिइने बैंकले जानकारी दिएको छ।
यस्तो अवस्थामा ग्राहकलाई अरु समस्याय समाधानका लागि यस्तो केन्द्र सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएको छ।
सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१,
HELP टाइप गरी ३४४८८ मा एसएमएस, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८५११०४१६९ मा सिधा सम्पर्क गर्न सकिने छ।