ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु दिएको छ।
बैंकको गाइघाट शाखाका प्रबन्धक रविन राज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होम प्रसाद खनाललाई उक्त जनचेतनामुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु प्रदान गरे।
उक्त कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्लाभरीका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनिकरण गर्न सहयोग पुर्याउने बताए।
बैंकको गाइघाट शाखाका प्रबन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।