रियलान्स लाइफले सर्वसाधारणका लागि खुलाएको शेयरमा करिब चार गुणा बढी आवेदन परेको छ।
सानिमा क्यापिटलका लागि सर्वसाधारणका लागि छुट्याइएको ५६ लाख ७० हजार कित्ताका लागि २ करोड ४ लाख कित्ता आवेदन परेको छ।
रिलायन्सको आइपिओमा आवेदन दिने आज अन्तिम दिन हो। भदौ ४ गते खुलाइएको थियो।
एक सय अंकित कूल २ करोड १० लाख कित्ता शेयरमध्ये कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ लाख कित्ता शेयर साधारण शेयरका रुपमा वर्गीकरण गरेको छ। यसमा सर्वसाधारणका लागि ५६ लाख कित्ताका लागि खुलाउने भएको हो। बाँकी ३ लाख १५ हजार सामुहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता नै कर्मचारीका लागि छुट्याएको छ।
आइपिओका लागि आवेदन दिनेहरुले न्यूनतम १० र अधिकतम ६३ हजार कित्तासम्मका लागि अंकित गर्नुपर्ने छ।
चुक्ता पुँजी १ अर्ब ४७ करोड भएको कम्पनीले आइपिओमार्फत् ६३ करोड उठाएपछि २ अर्ब १० करोड हुने छ।
कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ४५ पैसा छ भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ। कम्पनीले सञ्चालनमा आएको पहिलो वर्ष ७ करोड मुनाफा आर्जन गरेको थियो।
कम्पनीले आगामी तीन वर्षमा क्रमश: २५ करोड ४३ करोड र ७१ करोड नाफा कमाउने लक्ष्य लिएको छ।
आइपिओका लागि फारम लिने तथा बुझाउनका लागि सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ। त्यस्तै मेरोशेयरबाट पनि आवेदन दिन सकिने छ।
त्यस्तै समाज लघुवित्तको शेयर आवेदन दिने पनि आज अन्तिम दिन हो।
साउन चार गतेदेखि ८६ हजार कित्ता सेयरका लागि खुलाइएको आवेदनमा १ हजार कित्ता कर्मचारी तथा ४३०० सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
समाज लघुवित्तको आइपिओ खुलेको पहिलो दिनमै १ सय गुणा धेरै आवेदन परेको छ। शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार आइतबारसम्म १ करोड १ हजार कित्ताका लागि आवेदन गरेको छ।
सर्लाहीमा केन्द्रीय कार्यालय रहेको समाज लघुवित्तको १ करोड १४ लाख चुक्ता पुँजी भएको कम्पनीको प्रतिशेयर आम्दानी गएको वर्ष २१ रुपैयाँ रहेको छ।