भदौ ३ देखि खुलेको लिवर्टी इनर्जी कम्पनी लिमिटेडको आइपिओमा मागको तुलनामा दोब्बर आवेदन परेको छ।
आइतबार क्लोज भएको आवेदनमा कूल ७१ लाख ६८ हजार ११० कित्ताका लागि ७१ करोड ६८ लाख रुपैयाँको आवेदन परेको छ।
कम्पनीले सय रुपैयाँ अंकति ३५ लाख ६४ हजार कित्ता साधारण सेयर खुला गरिएको थियो।
२५ मे.बा क्षमताको माथिल्लो दोर्दी " ए" जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले २४.६ मेगावाट क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङमै १६ मेगावाटको लोदो खोला साना जलविद्युत आयोजनाको सर्भेक्षण अनुमति पाइसकेको छ।