रियलान्स लाइफले सर्वसाधारणका लागि खुलाएको शेयरमा करिब चार गुणा बढी आवेदन परेको छ।
सानिमा क्यापिटलकाअनुसार सर्वसाधारणका लागि छुट्याइएको ५६ लाख ७० हजार कित्ताका लागि २ करोड ४१ लाख कित्ता आवेदन परेको छ। ६ लाख ६ हजार ३३१ आवेदनबाट २ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको आवेदन परेको हो।
भदौ ४ गते खुलेको आइपिओ भदौ ८ मा बन्द भएको थियो।
एक सय अंकित कूल २ करोड १० लाख कित्ता शेयरमध्ये कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ लाख कित्ता शेयर साधारण शेयरका रुपमा वर्गीकरण गरेको छ। यसमा सर्वसाधारणका लागि ५६ लाख कित्ताका लागि खुलाउने भएको हो। बाँकी ३ लाख १५ हजार सामुहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता नै कर्मचारीका लागि छुट्याएको छ।
चुक्ता पुँजी १ अर्ब ४७ करोड भएको कम्पनीले आइपिओमार्फत् ६३ करोड उठाएपछि २ अर्ब १० करोड हुने छ।