एनआइसी एशिया बैंकले महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका लागि ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ।
यस ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकले यस बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५ सयसम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन्।
यो योजना २०७७ भदौ ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम सय सम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था रहेको छ।
यस बैंकले १५ हजार भन्दा बढी क्युआर मर्चान्ट्समार्फत विद्युतीय कारोबार हुंदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सबै कारोबार मोबाइल बैंकिङ्गमार्फत गर्न ग्राहकलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको हो।
यस असाधारण समयमा ग्राहकको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ।
यस योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन।
यस बैंकले ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदैं आएको छ।