एभरेष्ट बैंकले आरटी/पिसिआर परीक्षणका लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीसँग सहकार्य गरेको छ।
एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई मध्यनजर गरेर सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सी.डी.एल) कमलपोखरीसँग सहकार्य गरेको बताएको छ।
यो परीक्षणका लागि छुटको व्यवस्था गरिएको छ। जसअन्तर्गत उक्त बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सी।डी।एलबाट आरटी(पिसिआर परीक्षण गर्दा सरकारी दरअनुसार लाग्ने ५ हजार ५ सयमा १० प्रतिशत छुट पाइनेछ।
नगद करोबारमा पनि कोरोनाको जोखिम भएकाले ग्राहकले इविएल मोबाईल बैंकिङ एप (इबिएल टच २४) प्रयोग गरेर पनि कोभिड-१९ परीक्षण शूल्क भुक्तानी गर्न सक्नेछन्।
बैंक र सी.डी.एलबीचको सहकार्य बैंकका नायब महाप्रबन्धक, डा.सन्धीर कुमार र सि.डी.एल प्रयोगशालाका कार्यकारी निर्देशक मनिष पाैडेल उपस्थितिमा सकिएको थियो।
यो बैंकको ९५ शाखा संजाल, प्रादेशिक कार्यालय ,१२४ एटिएम बुथ सहित अत्याधुनिक मोबाइल र इन्टरनेट रएसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।