मोबाइल र इन्टरनेट बैंकिङको कारोबार सीमा बढेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो एकिकृत निर्देशिकाअनुसार क्युआर कोड स्क्यानसहिको मोबाइल बैंकिङमा दैनिक कारोबार सीमा १ लाख पुगेको छ। यस्तो सीमा पहिले ५० हजार थियो। त्यस्तै मासिक कारोबार पनि बढेको छ। पहिला २ लाख रहेको मासिक कारोबार सीमा बढेर १० लाख पुगेको छ।
त्यस्तै मोबाइल वालेटको पनि सीमा बढेको छ। कुनै पनि वालेटमा २५ हजार बढी रुपैयाँ एक दिन बढी राख्न नपाइने नियम कायमै भएको यसमा वालेटबाट अन्य खातामा र वालेटबाट वालेटमा पठाउने दैनिक सीमा २५ हजारबाट १ लाख पुगेको छ भने मासिक सीमा ५० हजारबाट ५ लाख पुगेको छ।