ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले 'ईन्द्रजात्रा क्युआर कोडको यात्रा' योजना ल्याएको छ।
यस योजनाअन्तर्गत बैंकका खातावालाहरुले ईन्द्रजात्राको दिन क्युआर कोडको लागि आवेदन दिँदा ५ सय बराबरको मोबाइल टपअप उपहार पाउँनेछन्।
यस योजनामा सहभागी हुन संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सक्नेछन्।
जसका लागि फोनपेमा गई आवश्यक विवरणहरु बुझाएर उक्त योजनामा सहभागी हुनसक्ने बताइएको छ।
यसैगरी बैंकमा खाता नहुनेहरुले पनि marketing@sanimabank.com मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोल्न सक्छन्। खाता खोलेर क्युआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्छ।
यसरी सहभागी भएका क्युआर मर्चेन्टले पनि बैंकको तर्फबाट ५ सयको मोबाइल टपअप पाउँनेछन्। यो योजना मंगलबार ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुने बताइएको छ।