सानिमा बैंक लिमिटेडले रुपन्देहीको भलवारीमा ८०औं शाखा संचालनमा ल्याएको छ। उक्त शाखा कार्यालयको उद्धघाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गरे।
यो शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने बैंकको विश्वास छ।
सानिमा बैंकले ८० वटा शाखा, ८० वटा ए.टि.एम. तथा १५ वटा विस्तारित काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।