सोमबार सेयर बजारको परिसूचक नेप्से १२ अंकले घटेको छ।
सो अंक घटेसँगै नेप्से १४ सय ८७ अंकमा कायम भएको छ। यस दिन १९२ कम्पनीको कुल २ अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भयो।
ब्यापार समूह २२ अंकले बढेको छ। अन्य ३ र माइक्रोफाइनान्स १ अंकले बढ्दा फाइनान्स १ अंकमुनि हरियो रह्यो।
बैंकिङ १७, होटल २, विकास बैंक १५, जलविद्युत ३, निर्जीवन बीमा ४६, उत्पादन १७, जीवन बीमा समूह ९२ अंकले घटेका छन्।
यस दिन पनि नेपाल पुनर्बीमा कम्पनीको २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। नागरिक लगानी कोषको १५ करोड तथा नेको इन्स्योरेन्सको ९ करोड रुपैयाँ बराबरको कारोबार भयो।
उन्नति सहकार्य र युनिभर्सल पावरको मूल्य साढे ९ प्रतिशत बढीले बढ्यो। जोशी हाइड्रोको मूल्य ८.८ तथा नागरिक लगानी कोषको मूल्य ७. ९ प्रतिशतले बढ्यो।
एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले घटेको छ।