अबदेखि घर तथा गाडी किन्नका लागि ऋण लिएका वा लिनेहरुका लागि स्थिर व्याजदरको सुविधा बैंक तथा वित्तीय संस्थाहरुले दिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ।
एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ। यो व्यवस्थापछि ऋण लिंदाखेरी तोकिएको ब्यादर नै भुक्तानी गरुञ्जेलसम्म कायम हुने छ।
तर ग्राहकले आधार दर परिवर्तन हुँदा परिवर्तन हुनेगरी ब्याजदरमा कर्जा लिन चाहेमा अहिलेको जस्तै घटबढ हुने व्यवस्थामा पनि ऋण लिनसक्ने छन्।
अब बैंकहरुले नभई व्यक्तिगत ग्राहकले नै ऋण लिँदा स्थिर वा परिवर्तन हुनेगरी छनौट गर्न सक्ने छन्।
घर , गाडी किन्न लिएका व्यक्तिगत कर्जाहरु यसमा समावेस हुने छन्।
यसअघि नै मासिक/त्रैमासिक/आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी बैंकले कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्नेछ।