कनेक्ट आइपिएसबाट अनलाइन भुक्तानी प्रणालीमा जोडिनका लागि अझ सजिलो भएको छ।
यसअघि आइपिएसमा जोडिनका लागि अनलाइनबाट भएपनि खाता भेरिभाइ गर्नका लागि भने बैंकमै पुग्नुपर्ने बाध्यता थियो।
सुरुमा सिमित बैंक तथा वित्तीय संस्थाबाट सेल्फ भेरिभाइको सुविधा सुरु गरेको कनेक्ट आइपिएसले हाल आएर संस्थाहरु थप गरेको छ।
अबदेखि नेपाल बङ्गलादेश बैंक, मेगा बैंक, लक्ष्मी बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमइ बैंक, बैंक अफ काठमाण्डू ,मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, ज्योती विकास बैंक तथा आइसिएफसि फाइनान्स लगायतका बैंक वित्तिय संस्थामा खाता भएका ग्राहकहरुले अनलाइनबाटै खाता भेरिफाइ गर्न पाउने भएका छन्।
बैैंकका ग्राहकले कनेक्ट आइपिएस मा “लिंक अकाउन्ट” भित्र आफ्नो खाता लिंक गरिसकेपछि “म्यानेज अकाउन्ट” भित्र “सेल्फ भेरिफाइ अकाउन्ट” मा क्लिक गरी खातालाई भेरीफाई गराउन सक्दछन् ।
यो प्रक्रियामा ग्राहकको विवरण, एक समयका लागिमात्र हुने पासवर्ड९ओटिपी० र माइक्रो डिपोजिटको आधारमा अनलाइन भेरिफिकेसन हुने नेपाल क्लियरिङ हाउसले जानकारी दिएको छ।
यसरी आइपिएस कनेक्टमा आफ्नो खाता जोडेपछि ग्राहकले जहाँबाट पनि फण्ड ट्रान्सफर लगायतका अन्य भुक्तानीहरु सिधै खाताबाट गर्न सक्ने छन्। यसका लागि कनेक्ट आइपिएसको वेबसाइट मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल÷ईन्टरनेट बैंकिङ्गमा रहेको कनेक्ट आइपिएस तथा विभिन्न क्रेडिटरहरुको वेभसाइटमा पेमेन्ट गेटवेको रुपमा जोडिएको कनेक्ट आइपिएसबाट भुक्तानी गर्नसक्ने छन्।