यसपालिको तिहारमा अनलाइन किनमेलमा अनलाइन भुक्तानी माध्यमको प्रयोगलाई प्रोत्साहन गर्न नेपाल क्लियरिङ हाउसले एनआइसी एसिया बैंकसँग सहकार्य गरेको छ।
यस अन्तर्गत 'कनेक्ट आइपिएस डिजिटल किनमेल' अफर कम्पनीले ल्याएको छ।
अफर अन्तर्गत बैंकका ग्राहकहरूले ठूलो डटकम तथा कल्प मार्टबाट अनलाइन किनमेल गरी कनेक्ट आइपिएस मार्फत भुक्तानी गर्दा प्रति कारोबार १५ प्रतिशत (अधिकतम ५०० रूपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो अफर तिहारको समयलाई लक्षित गरी कात्तिक २७ देखि मंसिर १ गतेसम्म लागू हुनेछ।
बैंकका ग्राहकहरूले कनेक्ट आइपिएसमा एक पटक रजिष्टर गरी आफ्ना खाताहरू लिंक गरी बैंकबाट वा अनलाइनबाटै भेरिफाइ गराई सेवा सुरू गर्न सक्नेछन्।
ग्राहकहरूले घरमै बसी सहज तरिकाले 'फण्ड ट्रान्सफर' लगायतका अन्य भुक्तानीहरू पनि खाताबाटै गर्न सक्ने कम्पनीले जनाएको छ।
यसका लागि कनेक्ट आइपिएसको वेबसाइट, यसको मोबाइल एप, बैंक-वित्तीय संस्थाको मोबाइल-इन्टरनेट बैंकिङमा रहेको कनेक्ट आइपिएस तथा क्रेडिटरहरूको वेबसाइटमा जोडिएको पेमेन्ट गेटवे लगायत माध्यम प्रयोग गर्न सकिनेछ।